झापामा टिपरको ठक्करबाट दुई युवाको मृत्यु

दुर्घटनामा घाइते मोटरसाइकल चालक २२ वर्षीय प्रवेश राई र मोटरसाइकलको पछाडि सवार अन्दाजी १९ वर्षीय जनम राईलाई उपचारका लागि दमक अस्पताल लगिएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

माघ २१, २०८२

कान्तिपुर संवाददाता

Two youths die in Jhapa tipper accident

झापा — दमक नगरपालिका–१ बरगाछीस्थित भित्री सडक खण्डमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

दमकबाट रामचोकतर्फ जाँदै गरेको मे १ ख २८८४ नम्बरको टिपर र दुर्गा मन्दिरबाट पेल्टीमारीतर्फ जाँदै गरेको प्र१–०१–०१८ प ८३०३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा बुधबार दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक इलाम चुलाचुली गाउँपालिका–४ निवासी २२ वर्षीय प्रवेश राई र मोटरसाइकलको पछाडि सवार सोही ठाउँका अन्दाजी १९ वर्षीय जनम राई गम्भीर घाइते भएका थिए। उनीहरूलाई उपचारका लागि दमक अस्पताल लगिएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

टिपर चालक उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–९ राटमाटे निवासी ३२ वर्षीय हिबराज रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। टिपर र मोटरसाइकल दुवै इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा राखिएको छ।

मृतक दुवैको शव हाल दमक अस्पतालमै राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

कान्तिपुर संवाददाता

Link copied successfully