धनकुटामा ९० किलो गाँजा बरामद

 भारतीय सवारी साधन नियन्त्रणमा, चालक फरार

माघ २१, २०८२

रमेशचन्द्र अधिकारी

90 kg of marijuana seized in Dhankuta

धनकुटा — धनकुटाको साँगुरीगढी गाउँपालिका-६ फेदीबाट प्रहरीले बुधबार दिउँसो ९० केजी गाँजा बरामद गरेको छ ।

बा १० छ ५६१५ नम्बर लेखिएको सुमो गाडीबाट उक्त परिमाणको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले जानकारी दिए । नेपाली नम्बर राखिए पनि उक्त गाडी भारतीय रहेको प्रहरीको भनाइ छ ।

सहिदभूमि गाउँपालिकाको साप्तिङ्टारबाट भेडेटारतर्फ जाँदै गरेको टाढा सुमोबाट ९० केजी पक्राउ गरेको हो ।  गाडीका चालक भने फरार छन् । मूलघाटदेखि प्रहरीले पछ्याउँदै गर्दा साँगुरीगढी गाउँपालिका-६ मा रहेको यस्माली होटल छेउमा गाडी छोडेर मंगोलियन अनुहारका २ व्यक्ति फरार भएको जनाइएको छ ।

गाडी मूलघाट प्रहरी चौकीमा राखिएको छ ।  ४ वटा बोरामा गाँजा राखिएको अवस्थामा फेला परेको बताएएको छ । 

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully