पक्राउ पर्नेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ घर भई २६ वर्षीया रोशनी बुढा रहेकी छन्।
झापा — झापाको भद्रपुर बिमानस्थलबाट १४४ ग्राम ४०० मिलिग्राम लागू औषध ब्राउन सुगरसहित एक जना महिला पक्राउ परेकी छन्।
सोमवार साँझ बिमानस्थलको सुरक्षागार्डमा खटिएको प्रहरी टोलीले नियमित जाँचका क्रममा भद्रपुरबाट काठमाडौं जान लागेकी एक महिलाको साथबाट लागुऔषध फेला पारेको हो।
पक्राउ पर्नेमा हुम्लाको खार्पुनाथ गाउँपालिका–२ घर भई २६ वर्षीया रोशनी बुढा रहेकी छन्।
प्रहरीका अनुसार बुढाले लागुऔषध ब्राउन सुगर लुकाइछिपाइ लैजान खोजेको अवस्थामा फेला परेपछि नियन्त्रणमा लिइएको हो।
घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाले थप अनुसन्धान भइरहेको जनाएको छ।
