नेपाल कम्युनिस्ट पार्टी संयुक्तले उदयपुर क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोका (कल्याण)लाई समर्थन जनाएको हो ।
उदयपुर — उदयपुरमा स्वतन्त्र उम्मेदवारलाई एक राजनीतिक दलले समर्थन जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी संयुक्तले उदयपुर क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार डा. देवराज रोका (कल्याण)लाई समर्थन जनाएको हो ।
निर्वाचनमा भाग लिएको उक्त पार्टीले अन्य जिल्लामा उम्मेदवार उठाए पनि उदयपुरमा पार्टीको उम्मेदवार मनोनयन नगरिएकोले स्वतन्त्र उम्मेदवार रोकालाई समर्थन जनाएको विज्ञप्तिमा जनाएको छ ।
डा. रोका लामो समय मार्क्सवादी राजनीतिक आन्दोलनमा रहेकाले उनलाई विजय गराउन प्रचारप्रसारदेखि सम्पूर्ण निर्वाचन कार्यक्रममा सहभागी गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
उक्त पार्टीले समानुपातिकतर्फ भने आफ्ना उम्मेदवार कुलबहादुर बस्नेतलाई मतदान गर्न अपिल गरेको छ । पार्टीका जिल्ला संयोजक यादव पोखरेलले भ्रष्टाचार र बेथितिविरुद्धमा पार्टी लागेको, पारदर्शिता र राष्ट्रिय एकताको पक्षमा रहेकोले बौद्धिक ब्यक्तित्वलाई समर्थन गरेको बताए ।
