खोटाङमा २१ मतदान स्थल अति संवेदनशील

सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार मतदानस्थलको पहिलो घेरामा जनपथ र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी तथा तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने छ ।

माघ १९, २०८२

डम्बरसिं राई

21 polling stations in Khotang are highly sensitive

खोटाङ — आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्धारण गरिएका १ सय ३६ मतदान स्थलमध्ये २१ वटा अति संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

निर्वाचनका बेला शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गर्दै २१ अति संवेदनशील, ६४ संवेदनशील र ५१ वटा सामान्यमा वर्गीकरण गरिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी कोपिला राईका अनुसार मतदानस्थलको पहिलो घेरामा जनपथ र निर्वाचन प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी तथा तेस्रो घेरामा नेपाली सेना परिचालन गरिने छ । 

जिल्लामा १ सय ३६ मतदान स्थल र १ सय ९५ मतदान केन्द्र रहेका छन् ।

जिल्लामा १ लाख ४७ हजार १ सय २० मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रविन मगरले बताए ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully