संखुवासभाका १६ मध्ये १३ उम्मेदवारले अझै खोलेनन् बैंक खाता

बैंक खाता खोल्ने उम्मेदवारमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पदम बहादुर तामाङ, एमालेका अर्जुन कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङमा शेर्पा रहेका छन्।

माघ १८, २०८२

दीपेन्द्र शाक्य

13 out of 16 candidates in Sankhuwasabha have not yet opened bank accounts

संखुवासभा — १६ जना उम्मेदवारमध्ये संखुवासभामा आइतबारसम्म ३ जनाले मात्र निर्वाचन खर्चका लागि नयाँ बैंक खाता खोलेका छन्।

बाँकी १३ जनाले हालसम्म खाता खोलेर विवरण बुझाएका छैनन्। बैंक खाता खोल्ने उम्मेदवारमा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पदम बहादुर तामाङ, एमालेका अर्जुन कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिङमा शेर्पा रहेका छन्।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत चिरञ्जीवि अधिकारीका अनुसार खाता नखोल्ने तथा आचारसंहिता अटेर गर्ने उम्मेदवारहरूलाई पत्राचार गरिसकिएको छ। 'पत्राचारपछि पनि अटेर गरेमा ती उम्मेदवारलाई कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिनेछ,' उनले भने ।

निर्वाचन आचारसंहिता २०८२ को दफा १६ मा उम्मेदवारले निर्वाचनसम्बन्धी सम्पूर्ण खर्च गर्न अनिवार्य रूपमा नयाँ बैंक खाता खोल्नुपर्ने व्यवस्था गरिएको छ।  

दीपेन्द्र

Link copied successfully