मिक्लाजुङको स्वास्थ्य शिविरमा ३ सय बढी लाभान्वित

लायन्स क्लब र लियो क्लब अफ अनारमनीले झापास्थित बीएण्डसी अस्पताल तथा क्यान्सर अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गरेको हो।

माघ १७, २०८२

लक्ष्मी गौतम

Over 300 benefit from Miklajung health camp

पाँचथर — पाँचथरको मिक्लाजुङ ५ कुरुम्बामा एकदिने मेगा स्वास्थ्य शिविर सम्पन्न भएको छ।

लायन्स क्लब र लियो क्लब अफ अनारमनीले झापास्थित बीएण्डसी अस्पताल तथा क्यान्सर अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गरेको हो।

शिविरमा सामान्य चिकित्सा, स्त्री तथा प्रसूति रोग परामर्श, मुटु रोग, बाल रोग, मानसिक स्वास्थ्य तथा नाक–कान–घाँटी सम्बन्धी उपचार तथा परामर्श सेवा उपलब्ध गराइएको आयोजक लायन्स क्लब अफ अनारमनीले जनाएको छ ।

शिविरमा ३ सय जना बढीलाई विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य जाँचका साथै परामर्श र औषधि उपलब्ध गराइएको आयोजक संस्थाका अध्यक्ष सरोज खरेलले बताए ।

शिविरमा ५० जना महिलाको पाठेघरको मुखको क्यान्सर परीक्षण समेत गरिएको थियो । शिविरमा बीएण्डसी अस्पतालका चिकित्सकसहित ६ जना विशेषज्ञ डाक्टर सँगै मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा र प्राथमिक स्वास्थ्य केन्द्र रबीका चिकित्सक सहभागी थिए ।  

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully