मेची पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

चालक भने घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको छ ।

माघ १७, २०८२

कान्तिपुर संवाददाता

One person dies in motorcycle accident on Mechi Bridge

झापा — झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालक घाइते भएका छन्।

शनिबार राति करिब १० बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ब्यारेकेटमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलको पछाडि बसेका मेचीनगर-६ का करिब ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको छ।  चालक मेचीनगर–६ निवासी ३५ वर्षीय काशिनाथ पौडेल घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ।

गम्भीर घाइते कटुवाललाई उपचारका लागि आम्दा अस्पताल, धुलाबारी लगिएकामा राति करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। 

कान्तिपुर संवाददाता

Link copied successfully