अशक्त महिलालाई घरमै पुगेर नागरिकता वितरण

अति अशक्त बानियाँले आवश्यक सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालय संखुवासभामा निवेदन दिएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार उनको घरमै पुगेर नागरिकता प्रदान गरेको हो।

माघ १७, २०८२

दीपेन्द्र शाक्य

Citizenship distribution to disabled women at home

संखुवासभा — पाँचखपन नगरपालिका-३ सिवुवाकी ४३ वर्षीया चन्द्रकुमारी बानियाँलाई घरमै पुगेर नागरिकताको प्रमाणपत्र प्रदान गरिएको छ।

अति अशक्त अवस्थाकी बानियाँले आवश्यक सम्पूर्ण कागजातसहित जिल्ला प्रशासन कार्यालय संखुवासभामा पुस १९ गते निवेदन दिएकी थिइन्। निवेदन प्राप्त भएपछि जिल्ला प्रशासन कार्यालयले शनिबार उनको घरमै पुगेर नागरिकता प्रदान गरेको हो।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार मतदान स्थल निरीक्षण, स्थानीय तहसँग निर्वाचन तयारी, आचारसंहिता पालना लगायत विषयमा अन्तरक्रियाका क्रममा गाउँ पुगेको अवसर पारेर नागरिकता वितरण गरिएको हो।

दीपेन्द्र

Link copied successfully