धनकुटा ज्योतिष परिषद्‍मा नयाँ नेतृत्व

परिषद् उपाध्यक्षमा कुलप्रसाद तिम्सिना र जयबहादुर तामाङ, सचिव पेशल दाहाल, सहसचिव सौरभ पोख्रेल, कोषाध्यक्ष सृजना अधिकारी रहेका छन् ।

माघ १६, २०८२

रमेशचन्द्र अधिकारी

New leadership in Dhankuta Astrology Council

धनकुटा — नेपाल ज्योतिष परिषद् धनकुटाको छैटौं अधिवेशनले सरोज घिमिरेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  शुक्रबार सम्पन्न अधिवेशनले घिमिरेको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

परिषद् उपाध्यक्षमा कुलप्रसाद तिम्सिना र जयबहादुर तामाङ, सचिव पेशल दाहाल, सहसचिव सौरभ पोख्रेल, कोषाध्यक्ष सृजना अधिकारी रहेका छन् । 

सदस्यहरुमा दीपक दाहाल, सञ्जीव पोख्रेल र सुदर्शन घिमिरे रहेका छन् । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समिति तथा परिषद् कोशी प्रदेशका सचिव कमल निरौलाले पद तथा गोपनियताको शपथग्रहण गराए ।

परिषद्ले ज्योतिषीय पद्धति र समाजनमा देखिएका समस्या समाधान गर्न आधिकारिक इजाजतपत्र लिएर काम गरिने जनाइएको छ । ज्योतिष परिषद् कोशी प्रदेशका सदस्य अम्बिकाप्रसाद अधिकारीले ज्योतिष परिषद् धनकुटाका लागि भवन निर्माणका गर्न धनकुटा नगरपालिका–४ अधिकारी टोलमा आवश्यक पर्ने तीन आना जग्गा नि:शुल्क उपलब्ध गराउने भएका छन् ।

New leadership in Dhankuta Astrology Council

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully