एमाले संखुवासभामा १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन

१० स्थानीय तह रहेको संखुवासभामा एमालेले ठूलामा ५ सय १ र साना पालिकामा ३ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको एमाले जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईले जानकारी दिए।

माघ १४, २०८२

दीपेन्द्र शाक्य

UML forms 1,01-member publicity committee in Sankhuwasabha

संखुवासभा — आगामी फागुन २१ मा सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभाले जिल्लाभर सशक्त चुनावी अभियान सञ्चालन गर्ने तयारी तीव्र पारेको छ।

पार्टीका जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राईका अनुसार जिल्लास्तरीय १ हजार १ सदस्यीय प्रचारप्रसार कमिटी गठन गरिएको बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराइएको हो।

१० स्थानीय तह रहेको संखुवासभामा एमालेले ठूला पालिकामा ५ सय १ र साना पालिकामा ३ सय १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको अध्यक्ष राईले जानकारी दिए। यी कमिटीमार्फत वडा, टोल र बस्ती स्तरसम्म घरदैलो तथा जनसम्पर्क अभियान सञ्चालन गरिने प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अर्जुनकुमार कार्कीको  जिल्ला कमिटी सचिवालय सदस्य किरणकुमार शाक्यले बताए ।

पार्टीले प्रचार सामग्रीको तयारी तथा वितरण, सवारी साधनको प्रयोग र अन्य व्यवस्थापनका सम्पूर्ण कार्य निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै गरिने स्पष्ट पारेको छ। अध्यक्ष राईले माघ १५ देखि फागुन २ गते सम्मको प्रचार तालिकासमेत सार्वजनिक गरेका छन् । 

दीपेन्द्र

Link copied successfully