थाङसाङका ४९ विद्यार्थीलाई स्विटर र फुटबल

क्लबले विद्यालयमा एक कार्यक्रम आयोजना गर्दै यहाँ अध्ययनरत ४९ जना विद्यार्थीलाई स्विटर र फुटबल उपलब्ध गराएको हो ।

माघ १४, २०८२

लक्ष्मी गौतम

Sweaters and footballs for 49 students from Thangsang

पाँचथर — फिदिम भेट्रान्स क्लबले सदरमुकाम फिदिम-१ मा सञ्चालित थाङसाङ आधारभूत विद्यालयका छात्र/छात्रालाई स्विटर र खेलकुद सामग्री वितरण गरेको छ ।

क्लबले विद्यालयमा एक कार्यक्रम आयोजना गर्दै यहाँ अध्ययनरत ४९ जना विद्यार्थीलाई स्विटर र फुटबल उपलब्ध गराएको हो ।

क्लबका उपाध्यक्ष डाक्टर देउमान लिम्बूको प्रायोजनमा विद्यार्थीलाई जाडो यामका लागि उपयोगी स्विटर उपलब्ध गराइएको क्लबका संरक्षक कमल थपलियाले बताए ।

क्लबको सामाजिक उत्तरदायित्वअन्तर्गत यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सामग्री वितरण गरिएको क्लबले जनाएको छ ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully