बाहुनडाँगी जेसिजको पद हस्तान्तरण, अध्यक्षमा दाहाल

कार्यक्रममा वर्ष २०२५ का उत्कृष्ट जेसीजका रूपमा रोशन गिरीलाई सम्मान गरिएको थियो ।

माघ १४, २०८२

कान्तिपुर संवाददाता

Bahundangi Jaycees handover of office, Dahal as chairman

विराटनगर — झापाको बाहुनडाँगी जेसीजको वर्ष २०२६ का लागि अध्यक्षमा निकेशराज दाहाल निर्वाचित भएका छन् । बुधबार आयोजित विशेष समारोहमा वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चम्लागाईले पद हस्तान्तरण गर्दै दाहाललाई औपचारिक रूपले नेतृत्व हस्तान्तरण गरेका हुन् ।

स्थानीय सामुदायिक भवनमा सम्पन्न पद हस्तान्तरण समारोहका प्रमुख अतिथि कोशी प्रदेश सांसद गोपाल तामाङ रहेका थिए । विशेष अतिथि मेचीनगरका पूर्व नगर प्रमुख विमल आचार्य थिए ।  

कार्यक्रममा पूर्व अध्यक्षहरूका तर्फबाट वक्ताहरूले नयाँ नेतृत्वलाई शुभकामना दिँदै संस्थाको गतिविधि अझ प्रभावकारी बनाउने अपेक्षा व्यक्त गरेका थिए । 

जेसिजको कार्यकारिणी उपाध्यक्षहरूमा सन्देश पौडेल र विद्युत गिरी निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा रोमनविक्रम कार्की, दुर्गा भण्डारी, सुरज देवकोटा र प्रतिमा रिजाल निर्वाचित भए । महासचिवमा न्यूटन कार्की र कोषाध्यक्षमा सुष्मा मिश्र चयन भए । कानुनी सल्लाहकारमा कौशल उप्रेती छानिए । 

कार्यक्रममा वर्ष २०२५ का उत्कृष्ट जेसीजको रूपमा रोशन गिरीलाई सम्मान गरिएको थियो । 

कान्तिपुर

Link copied successfully