नाल्बुमा वडास्तरीय फुटबल माघ २५ देखि

नाल्वु लिम्बू समाजको आयोजनामा सञ्चालित प्रतियोगिताका विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार प्राप्त गर्ने छन् ।

माघ १३, २०८२

आनन्द गौतम

Ward-level football in Nalbu from Magh 25

ताप्लेजुङ — मेरिङदेन गाउँपालिका ६ नाल्बुमा माघ २५ गतेदेखि वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता हुने भएको छ।

नाल्वु लिम्बू समाजको आयोजनामा सञ्चालित प्रतियोगिताका विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार प्राप्त गर्ने छन् ।महिला तर्फको विजेताले ५१ हजार १ सय र उपविजेताले ३१ हजार १ सय रुपैयाँका पाउने छन्।

दुवै विधामा प्रथम पुरस्कारको प्रायोजन सुकबहादुर नाल्वो र मनमाया नाल्वोको स्मृतिमा उनीहरूका परिवारले द्वितीय पुरस्कारको प्रायोजन लालबहादुर नाल्वो, श्रीमती तुलामाया नाल्वो, छोराहरू दिलबहादुर र मनबहादुर नाल्वोकोस्मृतिमा उनीहरूका परिवारले गरेको समाजका सचिव योगेन नाल्वोले जानकारीदिए।

पुरुष फुटबलतर्फको सेमिफाइनल पुग्ने दुई टिमलाई नगद १०हजारका दरले प्रोत्साहन रकम प्रदान गरिने आयोजकले बताएको छ।

हरेक खेलको म्यान अफ द म्याचलाई १ हजार, विधागततर्फ उत्कृष्ट खेलाडी, सर्वाधिकगोलकर्ता, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट गोलकिपर र सर्वोत्कृष्ट खेलाडीलाई २ हजार रुपैयाँ प्रदान गरिने समाजले जनाएको छ। समाजका अध्यक्ष देउबहादुर लिम्बूका अनुसार यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने र खेलकुदको विकासकालागि प्रतियोगिता सञ्चालन गरिएको हो। 

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully