दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये चैनपुर नगरपालिका–१ मैदाने निवासी वीरबहादुर लिम्बुको पहिचान खुलेको छ ।
संखुवासभा — संखुवासभाको चैनपुर नगरपालिका–१ नुनढाकीमा भएको जिप दुर्घटनामा दुई जनाको ज्यान गएको छ भने तीन जना घाइते भएका छन् ।
चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १–००१ च ८२४७ नम्बरको जिप शनिबार नुनढाकी नजिक दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार दुर्घटनाको कारण खुल्न बाँकी छ ।
दुर्घटनामा परी ज्यान गुमाउनेमध्ये चैनपुर नगरपालिका–१ मैदाने निवासी वीरबहादुर लिम्बुको पहिचान खुलेको छ । अर्का मृतकको नामथर भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । दुवै शव कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि आधारभूत अस्पताल चैनपुर पठाइएको छ ।
दुर्घटनामा घाइते भएका भीमबहादुर थक्लुङलाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान रेफर गरिएको छ । अन्य घाइतेको अवस्था सामान्य रहेको जनाइएको छ ।
प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
![Jeep accident in Sankhuwasabha: Identity of one of the deceased revealed [Update]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2018/default/ekantipur-default-2025.png)