झापा-५ मा नेकपाको ५५५ सदस्यीय निर्वाचन परिचालन समिति

दमकमा शनिबार आयोजित निर्वाचन क्षेत्रस्तरीय भेलाबाट केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतको नेतृत्वमा समिति घोषणा भएको हो ।

माघ १०, २०८२

कान्तिपुर संवाददाता

NCP's 555-member election mobilization committee in Jhapa-5

What you should know

दमक — झापा-५ मा नेपाली कम्युनिस्ट पार्टीको ५५५ सदस्यीय मूल निर्वाचन परिचालन समिति गठन गरिएको छ । 

दमकमा शनिबार आयोजित निर्वाचन क्षेत्रस्तरीय भेलाबाट केन्द्रीय सदस्य सुरेन्द्र बस्नेतको नेतृत्वमा समिति घोषणा भएको हो । यस क्षेत्रमा नेकपाका केन्द्रीय सदस्य तथा युवा नेता रञ्जित तामाङ उम्मेदवार बनेका छन् ।

समितिमा राष्ट्रिय युवा परिषद्‍का निवर्तमान कार्यकारी उपाध्यक्ष बस्नेतसहित पार्टीका केन्द्रीय सदस्य दिपेनवाला राई, वीरेन्द्र बस्नेत, गगन पुरी, सबै प्रदेश समिति सदस्यहरु, जिल्ला समिति सदस्यहरु, पालिका समितिहरु सबै र वडा समिति पदाधिकारीहरु रहेका छन् । यस्तै केन्द्रीय सदस्य प्रविण चाम्लिङले अनुगमन समिति प्रमुखको जिम्मेवारी लिएका छन् ।

समितिको सदस्यसचिवमा साविक माओवादी केन्द्रका क्षेत्रीय संयोजक सन्तोष गौतम रहेका छन् । 

चुनावी अभियानलाई तीव्रता दिन केन्द्रीय सदस्यहरु रहेको हाइकमान्ड र केन्द्रीय सदस्य, प्रदेश सदस्य र पालिका अध्यक्षहरु रहेको ४९ सदस्यीय सचिवालयसमेत गठन गरिएको संयोजक बस्नेतले जानकारी दिए । 

नवगठित निर्वाचन परिचालन समितिको प्रचारप्रसार विभाग प्रमुखमा दिपेनबाला राई , आर्थिक विभाग प्रमुखमा वीरेन्द्र बस्नेत, वार्ता तथा अन्तरपार्टी समन्वयमा गगन पुरी  र स्वयंसेवक विभाग प्रमुखममा  डम्बर पुलामी रहेका छन्। 

त्यसैगरी, शिक्षक-बुद्धिजीवी समन्वयमा रमेश गुरागाईं, महिला विभाग प्रमुखमा अनिषा झाँगर, क्षेत्र बाहिरका मतदाता समन्वयमा ओम बस्नेत, कार्यालय विभागमा दुर्गा चौलगाईं, सुकुम्बासी समन्वय विभागमा वेदु गौतम, मजदुर समन्वय विभागमा प्रशान्त भण्डारी, उम्मेदवार प्रतिनिधिमा शंकर बस्नेत रहेका छन् । जवस मोर्चा समन्वयमा हुकुम सिंह, ज्येष्ठ नागरिक समन्वयमा नगेन्द्र साँवा रहेका छन् ।

कान्तिपुर

Link copied successfully