ट्रकको ठक्करबाट स्थानीयको मृत्यु भएपछि इटहरी तनावग्रस्त

मृतकको शव प्रहरीले आफन्तबिना नै मुचुल्का उठाएको भन्दै स्थानीयले तोडफोड र आगजनी गरेका हुन् ।

माघ १०, २०८२

अर्जुन सुवेदी

Itahari tense after local dies in truck accident

सुनसरी — इटहरीको मुख्य चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

आज साँझ इटहरी–४ गैरी गाउँका पूर्णप्रसाद राईको ट्रकको ठक्करबाट मृत्यु भएको थियो । उनको घटनास्थलमै मृत्यु भएको स्थानीयले बताएका छन् । 

राईको मृत्यु भएपछि प्रहरीले आफन्तबिना नै मुचुल्का उठाएको भन्दै ठूलो संख्यामा उपस्थित स्थानीय तोडफोड र आगजनीमा उत्रिएका छन् । आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी सुवास हमाल नेतृत्वको प्रहरी टोलीमाथि पनि हातपात गरेका छन् । 

अहिले पनि त्यहाँको अवस्था तनावग्रस्त रहेको घटनास्थलमा रहेका पत्रकार मनोज भुजेलले जानकारी दिएका छन् । अवस्था सामान्य बनाउन प्रहरीले थप टोली मगाएको भुजेलले बताए ।

अर्जुन

Link copied successfully