हाङथुम कपको उपाधि धनकुटाको डिवाइसी स्पोर्टिङ क्लबले जित्यो

शनिबार मादी नगरपालिका–३ मूलखर्कमा सम्पन्न फाइनल खेलमा डीवाइसी भारतको दुधे स्पोर्टिङ दार्जिलिङलाई ३–१ गोलले पराजित गर्दै च्याम्पियन बनेको हो।

माघ १०, २०८२

दीपेन्द्र शाक्य

Dhankuta's DJ Sporting Club wins Hangthum Cup title

संखुवासभा — धनकुटाको डिवाइसी स्पोर्टिङ क्लबले ४७औँ हाङथुम कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ।

शनिबार मादी नगरपालिका–३ मूलखर्कमा सम्पन्न फाइनल खेलमा डीवाइसीले भारतको दुधे स्पोर्टिङ दार्जिलिङलाई ३–१ गोलले पराजित गर्दै च्याम्पियन बनेको हो।

खेलको सुरुवातदेखि नै आक्रामक देखिएको डिवाइसीका लागि सन्दीप लिम्बुले १७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए। त्यसपछि १० मिनेट पनि नबित्दै २७औँ मिनेटमा युगन राईले दोस्रो गोल गर्दै डिभाइसीको पकड थप मजबुत बनाए। दोस्रो हाफको ४८औँ मिनेटमा पुनः युगन राईले व्यक्तिगत दोस्रो तथा टोलीको तेस्रो गोल गर्दै उपाधि लगभग सुनिश्चित गरे।

दुधे स्पोर्टिङ दार्जिलिङका तर्फबाट नयन प्रधानले ६४औँ मिनेटमा एक गोल फर्काए पनि खेलको नतिजा बदल्न भने सकेनन्।

नेपाल र भारतका गरी ८ टोलीको सहभागिता रहेको प्रतियोगितामा विजेता बनेको डिवाइसी स्पोर्टिङ क्लबले नगद २ लाख ४२ हजार रुपैयाँ पुरस्कार हात पार्‍यो। उपविजेता दुधे स्पोर्टिङ दार्जिलिङले भने १ लाख २१ हजार रुपैयाँमा चित्त बुझायो।

दीपेन्द्र

Link copied successfully