सुनसरी-२ मा रास्वपाबाट उम्मेदवारी दिएका थापाविरुद्धको उजुरी खारेज

प्रतिनिधिसभा सदस्यका लागि मंगलबार मनोनयन दर्ता गरेका थापाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।

माघ ८, २०८२

अर्जुन सुवेदी

Complaint against Thapa, who filed his candidacy from the Rashtriya Swayamsevak Sangh (RSS) in Sunsari-2, dismissed

सुनसरी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट सुनसरी क्षेत्र नं. २ मा उम्मेदवारी दिएका लालविक्रम थापाविरुद्ध परेको उजुरी खारेज भएको छ । 

प्रतिनिधिसभा सदस्यका लागि मंगलबार मनोनयन दर्ता गरेका थापाविरुद्ध बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । तर थापाविरुद्धको उजुरी दाबी नपुगेको भन्दै खारेज गरिएको सुनसरी क्षेत्र नम्बर २ का सहायक निर्वाचन अधिकृत अरुण मेहेताले जानकारी दिए । थापाविरुद्ध प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार सत्यनारायण पण्डितले निर्वाचन अधिकृतको कार्यालय इनरुवामा बुधबार उजुरी गरेका हुन् । 

थापाले इटहरी-९ मा रहेको जनता माध्यमिक विद्यालयलाई ७४ लाखभन्दा बढी रकम तिर्न बाँकी रहेको र लेखा परीक्षणले पनि बक्यौता रहेको ठहर गरेको उजुरीमा उल्लेख गरिएको थियो । सोबारे बिहीबार सुनवाइ गर्दै प्रमाण नपुगेको भन्दै थापाको उम्मेदवारी मनोनयन सदर भएको सहायक निर्वाचन अधिकृत मेहेताले जानकारी दिए । 

थापा यसअघिको प्रतिनिधिसभाको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार रहेका थिए ।

अर्जुन सुवेदी

Link copied successfully