राप्रपा संखुवासभाको अध्यक्षमा रमोद श्रेष्ठ निर्वाचित

सदरमुकाम खाँदबारीमा सम्पन्न जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।

माघ ४, २०८२

दीपेन्द्र शाक्य

Ramod Shrestha elected as RPP Sankhuwasabha chairman

संखुवासभा — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संखुवासभा जिल्ला समितिको अध्यक्षमा रमोद श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन्।

सदरमुकाम खाँदबारीमा सम्पन्न जिल्ला अधिवेशनले श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्यसमिति गठन गरेको हो।

अधिवेशनले उपाध्यक्षहरूमा प्रेमशरण शास्त्री, मुना लिम्बू र राजकुमार कटुवाललाई चयन गरेको छ भने पार्टी प्रवक्तामा जयन्द्र शाक्य र सचिवमा किरण तामाङ सर्वसम्मत निर्वाचित भएका छन्। यसैगरी सहसचिवमा लिला थापा र कोषाध्यक्षमा बद्रीनाथ बजगाईं चयन भएका छन्।

जिल्ला अधिवेशनबाट सदस्यहरूमा ईश्वरी शाक्य, कुमार बानियाँ, लोकबहादुर श्रेष्ठ, मोहन शाक्य, प्रितम राई, लक्ष्मण श्रेष्ठ, चन्द्रप्रसाद दुलाल, कुलबहादुर कटुवाल र ठाकुरप्रसाद शर्मा सर्वसम्मत निर्वाचित भएको प्रवक्ता जयन्द्र शाक्यले दिए।

नवगठित जिल्ला कार्यसमितिले पार्टी संगठनलाई थप मजबुत बनाउँदै जिल्लाभर संगठन विस्तारमा सक्रिय रहने प्रतिवद्धता जनाएको छ।

दीपेन्द्र

Link copied successfully