नेपालले आफू राप्रपाको चुनाव चिह्न हलोबाट उम्मेदवार बन्न लागेको बताए । ´हलो चिह्नबाट उम्मेदवार बन्न लागेको हुँ, पार्टी प्रवेश भने होइन,´ नेपालले भने ।
काठमाडौँ — अधिवक्ता स्वागत नेपाल राप्रपाबाट चुनाव लड्ने भएका छन् । उनी झापा-२ मा राप्रपाबाट चुनावमा उठ्न लागेको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
´राजनीतिक एवं बौद्धिक व्यक्तित्व अधिवक्ता स्वागत नेपालको माघ ५ गते सोमबार राप्रपाको तर्फबाट झापा क्षेत्र नं-२ का लागि राप्रपा केन्द्रीय कार्यालयमा उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको छ,´ प्रवक्ता श्रेष्ठले भने ।
राप्रपालाई बलियो राष्ट्रवादी केन्द्र र निर्णायक मूल राजनीतिक शक्तिको रुपमा स्थापित गर्न जबरजस्त ढंगबाट अघि बढाउँदै गएको पनि श्रेष्ठले उल्लेख गरे ।
नेपालले आफू राप्रपाको चुनाव चिह्न हलोबाट उम्मेदवार बन्न लागेको बताए । ´हलो चिह्नबाट उम्मेदवार बन्न लागेको हुँ, पार्टी प्रवेश भने होइन,´ नेपालले भने ।
झापा-२ बाट २०७९ मा नेपाल स्वतन्त्र उम्मेदवार थिए । एमालेका देवराज घिमिरेसँग उनी पराजित भएका थिए । एमालेले यो पटक पनि घिमिरेलाई नै उम्मेदवार बनाएको छ ।