२०४८ सालदेखि निरन्तर सोलुखुम्बुबाट चुनाव लड्दै आएका केसीले ४ वटा चुनाव जितेका छन् भने ३ वटामा हार ब्यहोरेका छन् ।
सोलुखुम्बु — नेपाली कांग्रेसका नेता बलबहादुर केसीले आसन्न प्रतिनिधिसभाको चुनावमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सोलुखुम्बुबाट जिल्ला समितिले प्रत्यक्षतर्फ १ नम्बरमा सिफारिस गरेका नेता केसीले चुनाव नलड्ने घोषणा गरेका हुन् ।
२०४८ सालदेखि निरन्तर सोलुखुम्बुबाट चुनाव लड्दै आएका केसीले ४ वटा चुनाव जितेका छन् भने ३ वटामा हार ब्यहोरेका छन् ।
उनले आफू रुख र चारतारे झन्डा जता छ त्यतै लाग्ने भन्दै निर्वाचन आयोगको फैसलाअनुसारको समितिलाई स्विकार्ने बताएका छन् । उनले आफूले पार्टीको उम्मेदवारलाई सहयोग गर्ने भन्दै रुख र चारतारे झन्डाको पछि लाग्ने प्रस्ट पारे ।
पटकपटक मन्त्री भइसकेका कांग्रेसका प्रभावशाली नेता केसीले चुनाव नलड्ने घोषणा गरेसँगै सोलुखुम्बुमा नयाँ उम्मेदवारका लागि मार्गप्रशस्त भएको छ । केसीपछि चुनावी दौडमा आङगेलु शेर्पा, विनोद बस्नेत र प्रकाशसिंह कार्की मुख्य दाबेदारको रुपमा रहेका छन् ।
जिल्लामा व्यक्तिगत मतको हिसाबले राम्रो पक्कड भएका केसीले कुन उम्मेदवारलाई समर्थन गर्छन् भन्ने कुराले अर्थ राख्ने कांग्रेस सोलुका नेताहरुको बुझाइ छ ।
