भीरबाट लडेर एकको मृत्यु

मकालु–३ निवासी अन्दाजी ४२ वर्षका दुर्गाबहादुर राई आफ्नै अलैँची खेतीमा प्लास्टिकको पाइपमार्फत पानी लैजाने क्रममा सिओङ खोलाको भीरबाट २५ मिटर तल खसेका थिए।

माघ २, २०८२

दीपेन्द्र शाक्य

One dies after falling from cliff

संखुवासभा — संखुवासभाको मकालु गाउँपालिका–३ आला क्षेत्रमा बिहीबार दिउँसो एक जनाको लडेर मृत्यु भएको छ।

स्थानीयका अनुसार मकालु–३ निवासी अन्दाजी ४२ वर्षका दुर्गाबहादुर राई आफ्नै अलैँची खेतीमा प्लास्टिकको पाइपमार्फत पानी लैजाने क्रममा सिओङ खोलाको भीरबाट २५ मिटर तल खसेका थिए।

लडेर सिधै सिओङ खोलामा परेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी प्राप्त हुनासाथ स्थानीयले टेलिफोनमार्फत इलाका प्रहरी कार्यालय हेदाङनालाई खबर गरेका थिए।

सूचना प्राप्त भएपछि तत्काल प्रहरी सहायक हवल्दार नजरमान राईको कमाण्डमा ३ जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरीले घटनास्थल सुरक्षित राखेको जनाएको छ।

प्रहरीका अनुसार मृतकको शव शुक्रबार पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट करिब ७ किलोमिटर पश्चिम–उत्तरमा रहेको छ ।

दीपेन्द्र

Link copied successfully