खाँदबारीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कार्यालय स्थापना भएसँगै संखुवासभामा निर्वाचनको माहोल बढेको छ।

माघ २, २०८२

दीपेन्द्र शाक्य

Office of the Chief Electoral Officer established in Khandbari

संखुवासभा — आगामी फागुन २१ गते हुने निर्वाचनका लागि खाँदबारीमा शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ।

कार्यालयको उद्घाटन मुख्य निर्वाचन अधिकृत राजकुमार कोइरालाले गर्दै निर्वाचन आयोगको कार्यतालिका अनुसार सम्पूर्ण प्रक्रिया अघि बढाइने बताए।

उनले निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष हुने विश्वास दिलाउँदै त्यसका लागि राजनीतिक दल, सुरक्षा निकाय, सञ्चारकर्मी र सर्वसाधारण सबैको सहयोग अपरिहार्य रहेको बताए।

प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले निर्वाचन सुरक्षाको समग्र तयारीबारे जानकारी दिँदै जिल्लास्थित राजनीतिक दलहरूसँग आवश्यक छलफल सम्पन्न भइसकेको उल्लेख गरिन्। उनले शान्तिपूर्ण र सुरक्षित निर्वाचन सम्पन्न गराउन प्रशासन पूर्ण रूपमा प्रतिबद्ध रहेको बताइन्।

कार्यालय स्थापना भएसँगै संखुवासभामा निर्वाचनको माहोल बढेको छ। मतदाताले पनि निष्पक्ष निर्वाचनको अपेक्षा व्यक्त गरेका छन्।

दीपेन्द्र

Link copied successfully