पाँचै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
सुनसरी — सुनसरीको भोक्राहनरसिंहस्थित फुलचोकमा बिहीबार बिहान ट्रक पल्टिदा ५ जनाको मृत्यु भएको छ ।
मार्बल बोकेको उक्त ट्रक दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् । विराटनगरबाट मार्बल लोड गरेर हुलाकी राजमार्ग हुँदै सुनसरीतर्फ आउँदै गरेको १ ख ४५४१ नम्बरको ट्रक अनियन्त्रित भई सडकमा पल्टिएको हो ।
पाँचै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
ट्रक पल्टिदा लोड गरिएको मार्बलमाथि बसेका ५ जना कामदारको सोही मार्बलले किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी चन्द्र खड्काले जानकारी दिए ।
मृतकको पहिचान खुल्न सकेको छैन । घाइते २ जनाको विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका लागि लगिएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको उनले बताए ।
