निर्माणाधीन काङ हाइड्रोपावरमा काम गर्ने क्रममा एक्स्काभेटर दुर्घटना भएको हो।
ताप्लेजुङ — मैवाखोला गाउापालिका–६ फाकुम्बामा बिहीबार एक्स्काभेटर दुर्घटना हुँदा चालक घाइते भएका छन् ।
दुर्घटनामा लमजुङको दुधपोखरी गाउँपालिका–१ घरभएका चालक मणिराज गुरुङ घाइते भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए।
बिहीबार यहाँ निर्माणाधीन काङ हाइड्रोपावरमा काम गर्ने क्रममा एक्स्काभेटर दुर्घटना भएको हो। आयोजनाको हेडबक्समा काम गर्ने क्रममा मेसिन खोलामा झरेको थियो। दुर्घटनामा घाइते भएका चालक गुरुङलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको छ।
