धरानमा धारिलो हतियार प्रहार गरी हत्या

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका अनुसार मृतक राईको टाउकोमा पटक–पटक धारिलो हतियार प्रहार गरिएको देखिएको छ ।

पुस २९, २०८२

एलिना राई

Murder with sharp weapon in Dharan

धरान — धारिलो हतियार प्रहारबाट यहाँ एक पुरुषको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–११ पुण्यमार्गमा बस्ने ३५ वर्षीय रूपक राईको मंगलबार साँझ आफ्नै घरभित्र टाउकोमा खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषण बाबु राईका अनुसार मृतक राईको टाउकोमा पटक–पटक धारिलो हतियार प्रहार गरिएको देखिएको छ ।

गम्भीर चोटका कारण उनको घटनास्थलमै मृत्यु भएको डीसपी राईले बताए । घटनास्थलको मुचुल्का उठाई शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (घोपा) पठाइएको छ ।

घटनाको अनुसन्धानका क्रममा सोही घरमा सँगै बस्दै आएका मृतकका मामाका छोरा ३३ वर्षीय रविन राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानमा उनी शंकास्पद देखिएपछि नियन्त्रणमा लिइएको डीएसपी राईले बताए ।

हाल उनलाई इलाका प्रहरी कार्यालय धरानमा राखी सोधपुछ भइरहेको छ। प्रहरीले घटनाको स्पष्ट कारण खुलिनसकेको बताएको छ ।

एलिना एलिना कान्तिपुरकी धरान संवाददाता हुन् । उनी समसामयिक बिषयमा रिपाेर्टिङ गर्छिन् ।

Link copied successfully