निषेधित क्षेत्रभित्र प्रवेश गरेका चिनियाँ नागरिक किमाथाङ्काबाट नियन्त्रणमा

घटनासम्बन्धी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई अध्यागमन विभागमा पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

पुस २८, २०८२

दीपेन्द्र शाक्य

Chinese nationals who entered the restricted area are being detained by Kimathanka

संखुवासभा — भोटखोला गाउँपालिका–१ स्थित किमाथाङ्कामा निषेधित क्षेत्र (मकालु–बरुण राष्ट्रिय निकुञ्ज) भित्र प्रवेश गरेका एक चिनियाँ नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

चिनियाँ नागरिक ची गुओडोङ अध्यागमन विभागको अनुमति तथा आवश्यक कागजातबिनै निषेधित क्षेत्रमा प्रवेश गरेको अवस्थामा इलाका प्रहरी कार्यालय किमाथाङ्काबाट खटिएको प्रहरीको गस्ती टोलीले आइतबार उनलाई पक्राउ गरेको हो।

प्रहरीले उनलाई तत्काल निषेधित क्षेत्रबाहिर पठाउनुका साथै निजसँग रहेको राहदानी नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि उनलाई अध्यागमन विभागमा पठाउने प्रक्रिया भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार निषेधित क्षेत्रमा विदेशी नागरिकको प्रवेशका लागि सम्बन्धित निकायको पूर्वस्वीकृति अनिवार्य हुन्छ। सो प्रक्रिया नअपनाई प्रवेश गरेकाले कानुनअनुसार कारबाही अगाडि बढाइएको उनले बताए।

 

दीपेन्द्र

Link copied successfully