जेन-जी प्रदर्शनमा सुन्धारा कारागारबाट भागेका एक कैदी खोटाङमा पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा १३ वर्ष कैद फैसला भएका दोलखा गौरीशंकर गाउँपालिका–७ का ३९ वर्षीय रुद्रबहादुर खत्री हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाडाँबाट सोमबार पक्राउ परेका हुन्।

पुस २८, २०८२

डम्बरसिं राई

A prisoner who escaped from Sundhara Prison during the Gen-G protest was arrested in Khotang.

खोटाङ — जेन–जी प्रदर्शनका क्रममा जगन्नाथदेवल सुन्धारा कारागारबाट फरार एक जना खोटाङमा पक्राउ परेका छन्।

अपहरण तथा शरीर बन्धक मुद्दामा १३ वर्ष कैद फैसला भएका दोलखा गौरीशंकर गाउँपालिका–७ का ३९ वर्षीय रुद्रबहादुर खत्री हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाडाँबाट सोमबार पक्राउ परेका हुन्।

गत भदौ २४ गते कारागारबाट भागेका खत्री भुम्जुडाँडास्थित छोरीको घरमा बसेको सूचनाको आधारमा सोमबार दिउँसो २ बजे पक्राउ गरी दिक्तेल ल्याइरहेकाे जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक सुशान्त मिश्रले बताए। खत्रीलाई सोमबार नै खोटाङ कारागारमा बुझाइने मिश्रले बताए।  

डम्बरसिं राई राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully