नगरसभाबाट उपप्रमुख राधाकृष्ण न्यौपानेले प्रस्तुत गरेको चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम तथा संशोधनका लागि रकमान्तर प्रस्ताव पनि पारित भएको छ ।
पाँचथर — विपन्न तथा असुरक्षित आवास भएका परिवारलाई सुरक्षित आवास निर्माण गर्नेसहितका कार्यविधि पारित गर्दै फिदिम नगरपालिकाको १८ नगरसभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको छ।
नगरसभाले विपदबाट पूर्ण क्षति भएका घरधुरीलाई राहत उपलव्ध गराउने, पशुहरुमा कृतिम गर्भाधान सञ्चालन, गाईभैंसी खरिदमा अनुदान वितरण कार्यविधि र नगरको विपद् जोखिम व्यवस्थापन निर्देशिका २०७६ लाई संशोधन गर्न बनेको पहिलो संशोधन निर्देशिका पनि पारित गरिएको नगरप्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए ।
नगरसभाबाट उपप्रमुख राधाकृष्ण न्यौपानेले प्रस्तुत गरेको चालु आर्थिक वर्षको स्विकृत कार्यक्रम तथा संशोधनका लागि रकमान्तर प्रस्ताव पनि पारित भएको छ ।