उपचारका लागि दमक अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मृतकको शव सोही अस्पतालमा राखिएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
What you should know
विराटनगर — झापाको गौरादह नगरपालिका–५ स्थित चान्दुखोलाको भित्री सडक खण्डमा शुक्रबार राति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार शुक्रबार राति करिब साढे १० बजे बालुबथानबाट फकिटिप गाउँतर्फ जाँदै गरेको मे १ त ७१०८ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई दुर्घटनामा परेको हो । दुर्घटनामा ट्याक्टरमा सवार गौरादह नगरपालिका–७ बस्ने ३५ वर्षीय महमत माजिम गम्भीर घाइते भएका थिए ।
उपचारका लागि दमक अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । मृतकको शव सोही अस्पतालमा राखिएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् ।
घाइते हुनेमा गौरादह–७ कै ४९ वर्षीय सत्य नारायण राजवंशी, २३ वर्षीय संजित ऋषीदेव, २३ वर्षीय अभिजुल मिया र गौरादह–७ बस्ने ३४ वर्षीय केलु मिया रहेका छन् । सत्य नारायण राजवंशीको बायाँ खुट्टामा सामान्य चोट लागेको छ भने संजित ऋषीदेवको शरीरका विभिन्न भागमा चोट लागेको छ ।
अभिजुल मियाको देब्रे खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको अस्पतालले जनाएको छ । केलु मियाको छातीमा चोट लागेको भए पनि उनी बोल्न सक्ने र अवस्था सामान्य रहेको जनाइएको छ । सबै घाइतेको दमक अस्पतालमा उपचार भइरहेको छ ।
ट्याक्टर चालक गौरादह नगरपालिका–७ बस्ने ३८ वर्षीय यमप्रसाद राजवंशी दुर्घटनापछि फरार रहेको प्रहरीले जनाएको छ । फरार चालकको खोजतलास कार्य भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
