निर्माणाधीन होटलको चार तला माथिबाट खसेर श्रमिकको मृत्यु

न्यु इन्फ्रा हेवन कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ‘ईस्टन होटल’को चौथो तलामा फलामको पाइप सार्ने क्रममा सप्तरीको खडक नगरपालिका–१ सिसुवाबेल्ही निवासी अन्दाजी २१ वर्षका नरेशकुमार मण्डल अचानक भुइँमा खसेका थिए ।

पुस २५, २०८२

कान्तिपुर संवाददाता

Worker dies after falling from four floors of under-construction hotel

विराटनगर — झापाको मेची नगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलमा काम गर्ने क्रममा चार तला माथिबाट खस्दा एक श्रमिकको शुक्रबार साँझ मृत्यु भएको छ ।

न्यु इन्फ्रा हेवन कम्पनी लिमिटेडद्वारा निर्माणाधीन ‘ईस्टन होटल’को चौथो तलामा फलामको पाइप सार्ने क्रममा सप्तरीको खडक नगरपालिका–१ सिसुवाबेल्ही निवासी अन्दाजी २१ वर्षका नरेशकुमार मण्डल अचानक भुइँमा खसेका थिए । खस्दा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका मण्डललाई उपचारका लागि स्थानीय मेची-आम्दा अस्पताल लगिएको थियो ।

अस्पताल पुर्‍याएको करिब आधा घण्टापछि उपचारकै क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । शव अस्पतालमै छ । आफन्त बोलाएर शव जिम्मा दिइने प्रहरीको भनाइ छ ।

कान्तिपुर संवाददाता

Link copied successfully