अमृत मगर जबरजस्ती करणी मुद्दामा देशी ठहर भई केन्द्रीय कारागारमा रहेका थिए ।
ताप्लेजुङ — जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार काठमाडौंबाट फरार अमृत मगरलाई प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका घर भएका मगरलाई ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-४ साँवामा निर्माणाधीन हाइड्रोपावरमा काम गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार उनी जबरजस्ती करणी मुद्दामा देशी ठहर भई केन्द्रीय कारागारमा रहेका थिए । प्रहरीले फरार थप कैदीबन्दीको खोजीका लागि विशेष निगरानी बढाएको सुरक्षा स्रोतले जनाएको छ ।
