जिल्ला कमिटी बैठकले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, आशारत्न जबेगु, श्रीप्रसाद जबेगु, राजकुमार भण्डारी, कृष्णराज आङ्देम्बे, जयप्रकाश केरुङ र खगेन्द्र बाँस्कोटाको नाम कोशी प्रदेश कमिटीमा सिफारिस गरेको हो ।
पाँचथर — एमाले जिल्ला कमिटी पाँचथरले फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ७ जनाको नाम सिफारिस गरेको छ ।
बुधबार सम्पन्न जिल्ला कमिटी बैठकले केन्द्रीय सदस्य अइन्द्रसुन्दर नेम्वाङ, आशारत्न जबेगु, श्रीप्रसाद जबेगु, राजकुमार भण्डारी, कृष्णराज आङ्देम्बे, जयप्रकाश केरुङ र खगेन्द्र बाँस्कोटाको नाम कोशी प्रदेश कमिटीमा सिफारिस गरेको हो ।
एमालेले सिफारिस गरेका सातमध्ये अइन्द्रसुन्दर र आशारत्न पार्टी केन्द्रीय कमिटी सदस्य हुन् भने भण्डारी प्रदेश सचिवको जिम्मेवारीमा छन् ।
जिल्ला अध्यक्ष विष्णुप्रसाद सापकोटाका अनुसार १४ जिल्लाबाट आएका प्रस्तावित उम्मेदवारका नाममाथि थप छलफल गरेर प्रदेश कमिटीको बैठकले पुनः केन्द्रीय कमिटीमा पठाउनु पर्ने प्रावधान छ । प्रदेश कमिटीले सबै जिल्ला अध्यक्षहरुको उपस्थितिमा पुस २४ गते बैठक बोलाएको बताइएको छ ।
