राप्रपा खोटाङको अध्यक्षमा ललितकुमार राई 

जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा सुमित्रा राई, उपाध्यक्षहरूमा इन्द्रबहादुर राई र चन्द्र बुढाथोकी, सचिवमा मिनुहाङ राई र गङ्गा श्रेष्ठ, सहसचिवमा बाबुराम कार्की तथा कोषाध्यक्षमा टीका खत्री चयन भएका छन् ।

पुस २३, २०८२

डम्बरसिं राई

Lalit Kumar Rai elected as RPP Khotang chairman

खोटाङ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङको अध्यक्षमा ललितकुमार राई दोहोरिएका छन् । बुधबार सम्पन्न तेस्रो जिल्ला अधिवेशनले राईलाई दोस्रो पटक जिल्ला अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

जिल्ला कार्यसमितिका वरिष्ठ उपाध्यक्षमा सुमित्रा राई, उपाध्यक्षहरूमा इन्द्रबहादुर राई र चन्द्र बुढाथोकी, सचिवमा मिनुहाङ राई र गङ्गा श्रेष्ठ, सहसचिवमा बाबुराम कार्की तथा कोषाध्यक्षमा टीका खत्री चयन भएका छन् । 

जिल्ला समन्वय समिति खोटाङको समीक्षालय हलमा भएको अधिवेशनले १९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको अध्यक्ष राईले बताएका छन् ।

मंगलबार सम्पन्न क्षेत्रीय सम्मेलनले क्षेत्र नं. १ (१) मा शिवकुमार भट्टराईको अध्यक्षतामा १३ सदस्यीय र क्षेत्र नं. २ (२)मा विनोद बस्नेतको अध्यक्षतामा ११ सदस्यीय क्षेत्रीय समिति चयन गरेको राईले सुनाए । 

राप्रपाका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य अर्जुनकुमार राईले जिल्ला तथा क्षेत्रीय समितिका पदाधिकारीहरूलाई पद तथा गोपणीयताको शपथग्रहण गराएका छन् ।

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully