धनकुटाका दुई स्थानमा महिला र पुरुषको शव फेला

दुवै शवको प्रारम्भिक अनुसन्धानपछि पोस्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ ।

पुस २३, २०८२

रमेशचन्द्र अधिकारी

Bodies of a woman and a man found at two locations in Dhankuta

धनकुटा — धनकुटामा दुई फरक स्थानमा महिला र पुरुषको शव फेला परेको छ ।

सहिदभूमि गाउँपालिका–७ मा महिला र महालक्ष्मी नगरपालिका–१ मा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

दुवै शवको पहिचान भएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटा स्रोतका अनुसार शव फेला पर्नेमा सहिदभूमि–७ गैरीगाउँकी ४४ वर्षीया पूर्णिमा मगर र महालक्ष्मी नगरपालिका–१ का ४३ वर्षीय टंकबहादुर राय रहेका छन् ।

मगरको शव बाटोबाट अन्दाजी १५ मिटर तल फेला परेको थियो । रायको शव भने सोमबार बिहान ८ बजे फेला परेका बताइएको छ ।

दुवै शवको प्रारम्भिक अनुसन्धानपछि पोस्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा पठाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।

रमेशचन्द्र अधिकारी कान्तिपुरका धनकुटा संवाददाता हुन् ।

Link copied successfully