इलाका प्रहरी कार्यालय हेदाङ्नाको सेवा नयाँ भवनबाट

नयाँ भवन सञ्चालनमा आएपछि प्रहरी कर्मचारी र सेवाग्राही दुवैका लागि सेवा छिटो, सुरक्षित र गुणस्तरीय हुने अपेक्षा गरिएको छ।

पुस २३, २०८२

दीपेन्द्र शाक्य

Area Police Office Hedangna services from new building

संखुवासभा — इलाका प्रहरी कार्यालय हेदाङ्नाले बुधबारबाट सुविधा सम्पन्न आधुनिक भवनबाट सेवा सुरु गरेको छ। कोशी प्रदेशका प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले बुधबार एक कार्यक्रमबीच नवनिर्मित भवनको औपचारिक उद्घाटन गरे।

उनले प्रहरीलाई जनताको साथ, सहयोग र माया चाहिएको बताए। साथै, प्रहरीले जनतालाई दिने सेवासुविधामा कुनै कमी नहुने पनि उनले बताए।

नेपाल प्रहरीका विभिन्न स्तरका इकाईहरूमा व्यवस्थित र गुणस्तरीय भौतिक संरचना निर्माण गर्ने नेपाल सरकारको नीतिअनुसार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कोषको सहयोगमा हेदाङ्ना इलाका प्रहरी कार्यालयको भवन निर्माण गरिएको हो।

करिब साढे ३ करोड रुपैयाँको लागतमा बनेको नयाँ भवन सञ्चालनमा आएपछि प्रहरी कर्मचारीहरूको कार्यसम्पादन सहज हुने र सेवाग्राहीले समेत छिटो, सुरक्षित र प्रभावकारी सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ।

दीपेन्द्र

Link copied successfully