विद्युत् पोलबाट भूइँमा खसेको तारको करेन्ट लागेको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । मृतक माङ्सिमाकै अमरबहादुर राई रहेको स्थानीयले बताए ।
संखुवासभा — मकालु गाउँपालिका-५ माङ्सिमा गाउँमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मंगलबार बिहान मकालु–५, माङ्सिमाको सिमली खोलानजिकै बिजुलीको तार चुँडिएर करेन्ट लागेको अवस्थामा भारी बोकेर हिँडेका व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए ।
माङ्सिमाका स्थानीय एक व्यक्तिले बाटो हिँड्ने क्रममा बिहान साढे ११ बजेतिर शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । विद्युत् पोलबाट भूइँमा खसेको तारको करेन्ट लागेको मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । मृतक माङ्सिमाकै अमरबहादुर राई रहेको स्थानीयले बताए ।
घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङनाबाट एक दिनको पैदल दूरीमा पर्दछ । घटनामा बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
