झापामा हात्ती मृत फेला 

घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारे, झापाबाट प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्र सुरक्षित गरेको छ ।

पुस २२, २०८२

कान्तिपुर संवाददाता

Elephant found dead in Jhapa

विराटनगर — झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडा गाउँस्थित लालबहादुर रसाइलीको खेतमा एक जंगली भाले हात्ती मृत अवस्थामा फेला परेको छ ।

हात्ती के कारणले मरेको हो भन्ने विषयमा हालसम्म खुल्न सकेको छैन । घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुधबारे, झापाबाट प्रहरी सहायक निरीक्षक गेहनाथ तिम्सिनाको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर क्षेत्र सुरक्षित गरेको छ ।

घटनाबारे डिभिजन वन कार्यालय भद्रपुर, झापालाई घटनाबारे जानकारी गराइसकेको प्रहरीले जनाएको छ । वन कार्यालयको टोली घटनास्थलमा पुगेर मुचुल्का तयारी तथा थप अनुसन्धान कार्य अघि बढाउने तयारी भइरहेको बताइएको छ ।

हात्तीको मृत्युको वास्तविक कारण पोस्टमार्टम तथा वन कार्यालयको अनुसन्धानपछि मात्रै खुल्ने जनाइएको छ । करेन्ट लागेर हात्ती मरेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीको छ ।

कान्तिपुर

Link copied successfully