यसअघि अवसर नपाएका नयाँ अनुहारलाई पार्टीले उम्मेदवार बनाउनु पर्ने आवाज उठेको जिल्ला सचिव कल्पना राईले जानकारी दिइन् ।
सोलुखुम्बु — आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले सोलुखुम्बुबाट प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस भएको छ । एमाले जिल्ला किमिटीको सोमबार सम्पन्न बैठकले प्रत्यक्षतर्फ पूर्वरक्षामन्त्रीसहित पाँच जना नेताको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो ।
सिफारिस हुनेमा पार्टी केन्द्रीय सदस्य तथा पूर्वरक्षामन्त्री मानवीर राई, जिल्ला अध्यक्ष डुफकुमार बाँस्तोला, जिल्ला सचिव कल्पना राई, युवा नेता वीरउदास श्रेष्ठ र नेतृ सूर्यकुमारी सुनुवार रहेका छन् ।
जिल्ला कमिटीको बैठकमा अधिकांश युवाले नयाँ अनुहारलाई प्राथमिकता दिनु पर्ने आवाज उठाएका थिए । पार्टीबाट यसअघि सांसद भइसकेका नभई अवसर नपाएका नयाँलाई पार्टीले उम्मेदवार बनाउनु पर्ने आवाज उठेको जिल्ला सचिव कल्पना राईले जानकारी दिइन् ।
