नौमती बाजा, च्याब्रुङ र ढोल सम्बन्धी तालिम १५–१५ दिन र ढाका बुन्ने २ महिनासम्म चल्ने वडा कार्यालयले जनाएको छ।
पाँचथर — फिदिम नगरपालिका–२ महिला लक्षित नौमती बजाउने, च्याब्रुङ र ढोल नाँच्ने सँगै ढाका बुन्ने तालिमको एकसाथ दिन थालिएको छ।
उक्त वडाले परम्परागत सीप हस्तान्तरण र मौलिकता जगेर्नासँगै महिलालाई आत्मनिर्भर बनाउन तालिम दिन लागिएको वडाध्यक्ष दिनानाथ अधिकारीले बताए।
नौमती बाजा, च्याब्रुङ र ढोल सम्बन्धी तालिम १५–१५ दिन र ढाका बुन्ने २ महिनासम्म चल्ने वडा कार्यालयले जनाएको छ।
नौमती बजाउने र ढाका बुन्ने तालिममा महिला मात्रै सहभागी छन्। ढोल र च्याब्रुङ बजाउने तालिममा महिला पुरुष सहभागी पनि छन्। सबै तालिममा ८० बढी प्रशिक्षार्थी सहभागी रहेको वडा कार्यालयले जनाएको छ।