बिरामीको उद्धार गरी निःशुल्क उपचार

गम्भीर स्वास्थ्य समस्यामा परेकी पासाङ लामु शेर्पालाई हेलिकप्टरबाट उद्धार गरी हिमाल आरोही मिङमा शेर्पाले काठमाडौंमा गराउँदै छन् नि:शुल्क उपचार ।

पुस २१, २०८२

दीपेन्द्र शाक्य

Free treatment by rescuing patients

संखुवासभा — संखुवासभा जिल्लाको दुर्गम क्षेत्र भोटखोला गाउँपालिका–४ माङखिमकी ५१ वर्षीया पासाङ लामु शेर्पा गम्भीर स्वास्थ्य समस्यामा परेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ लगेर निःशुल्क उपचारको व्यवस्था गरिएको छ।

मकालु गाउँपालिका–१ वालुङका हिमाल आरोही मिङमा शेर्पाले आइतबार पासाङ लामु शेर्पाको उपचारका लागि निःशुल्क हेलिकप्टरको व्यवस्था गरेका हुन्। दुर्गम भेगमा सडक सञ्जाल र स्वास्थ्य सेवा सीमित भएकाले हेलिकप्टर उद्धार नै एकमात्र विकल्प बनेको छ। हिमाल आरोही शेर्पाको पहलमा हेली एभरेष्टमार्फत उनलाई सुरक्षित रूपमा काठमाडौँ लगिएको हो ।

मानवीय सेवामा सक्रिय रहेका हिमाल आरोही मिङमाले यसअघि पनि विपन्न र असहाय व्यक्तिको उद्धार तथा उपचारमा सहयोग गर्दै आएका छन्।

दीपेन्द्र

Link copied successfully