बेलका नगरपालिका–३ किँरात चौकका ३० वर्षीय खगेन्द्र राईले आइतबार बिहान २७ वर्षीया श्रीमती गंगा राईको हत्या गरेका हुन्।
उदयपुर — उदयपुरमा एक व्यक्तिले श्रीमतीको हत्या गरी आफुले समेत आत्महत्याको प्रयास गरेका छन्।
बेलका नगरपालिका–३ किँरात चौकका ३० वर्षीय खगेन्द्र राईले आइतबार बिहान २७ वर्षीया श्रीमती गंगा राईको हत्या गरेका हुन्।
घरायसी विवादका क्रममा खगेन्द्रले गंगालाई छुरा प्रहार गरी गम्भीर घाइते बनाएपछि आफन्तले उनलाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेका थिए। अस्पताल पुग्नासाथ चिकित्सकले गंगालाई मृत घोषणा गरेको जिल्ला प्रहरी उदयपुरका सूचना अधिकारी डिएसपी केदारमान दोङले बताए।
श्रीमतीकोहत्या पछि खगेन्द्रले आफ्नै शरीरमा चक्कु प्रहार गरी गम्भीर घाइते भएका छन्। आत्महत्याको प्रयास गरेको देखेपछि आफन्तहरुले खगेन्द्रलाई अस्पताल पुर्याएका छन्।
हाल उनको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।
