मेची पुलबाट सुरु भयो सशस्त्र प्रहरीको झण्डा मार्च

पूर्व मेचीबाट गएको टोली र पश्चिम गड्डाचौकीबाट आएको टोली चितवनको ठोरीमा पुगेर भेट्ने र झण्डा मार्च अभियान समापन गरिनेछ ।

पुस २०, २०८२

कान्तिपुर संवाददाता

Armed Police Force flag march begins from Mechi Bridge

झापा — सशस्त्र प्रहरीले देशको सुदूरपूर्वी सीमा मेची पुल र सुदूरपश्चिमको सीमा कञ्चनपुरको गड्डाचौकीबाट एकसाथ पूर्व–पश्चिम झण्डा मार्च सुरु गरेको छ ।

सशस्त्र प्रहरीको २५ औं स्थापना दिवस एवं रजत महोत्सवको अवसर पारेर सशस्त्रले देशको पूर्वी र पश्चिमी सीमाबाट आइतबार पूर्व–पश्चिम झण्डा मार्चको शुभारम्भ गरेको हो ।

सशस्त्र प्रहरी बल नं २ गण झापाका एसपी तुलबहादुर भण्डारीका अनुसार मेची पुलबाट ३५ जना सशस्त्र प्रहरीको टोली सशस्त्र प्रहरी र चन्द्र–सूर्य अंकित देशको झण्डासहित मोरङतर्फ लागेको छ ।

झापा–मोरङ सीमामा पुगेर उनीहरूले मोरङस्थित सशस्त्र प्रहरी टोलीलाई झण्डा हस्तान्तरण गर्नेछन् ।

आइतबार नै सुदूरपश्चिमको सीमा कञ्चनपुरको गड्डाचौकीबाट पनि मार्च सुरु भएको छ । पूर्व मेचीबाट गएको टोली र पश्चिम गड्डाचौकीबाट आएको टोली चितवनको ठोरीमा पुगेर भेट्ने र झण्डा मार्च अभियान समापन गरिने जनाइएको छ ।

कान्तिपुर

Link copied successfully