नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीका अनुसार, पुस १६ बुधबारदेखि १८ गते शुक्रबारसम्म विद्यालय बिदा दिइएको हो ।
झापा — पछिल्ला दिन धेरै जाडो बढेसँगै मेचीनगरका विद्यालयमा ३ दिन बिदा दिइएको छ ।
नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारीका अनुसार, पुस १६ बुधबारदेखि १८ गते शुक्रबारसम्म विद्यालय बिदा दिइएको हो ।
हाललाई दिइएको बिदा केही समयपछि दिइने जाडो बिदाबाट मिलान गरिने जनाइएको छ । भण्डारीका अनुसार, चिसो बढेपछि अधिकांश विद्यालयबाट पठनपाठनमा कठिनाई आएको गुनासो आएसँगै विद्यालय बिदा गर्ने निर्णय गरिएको हो ।
झापामा केही दिनयता दिउँसोसमेत न्यूनतम तापक्रम १५ डिग्रीसम्म मापन भएको छ ।