कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि गिरी रास्वपा प्रवेश

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा मंगलबार भएको कार्यक्रममा गिरी पार्टी प्रवेश गरेका हुन् ।

पुस १५, २०८२

डम्बरसिं राई

Congress Khotang general convention representative Giri joins Rashtriya Swayamsevak Sangh (RSS)

खोटाङ — कांग्रेस खोटाङका महाधिवेशन प्रतिनिधि रुद्र गिरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । 

रास्वपाको केन्द्रीय कार्यालय वनस्थलीमा मंगलबार भएको कार्यक्रममा गिरी पार्टी प्रवेश गरेका हुन् ।

गिरीका अनुसार आफूलगायत सय जना रास्वपा प्रवेश गरेका हुन् । 

पुरानो पार्टीले देश र जनताको पक्षमा काम गर्न नसक्ने भन्दै पार्टी प्रवेश गरेको गिरीले सुनाए । उनले पार्टीले दिएको जिम्मेवारीको आधारमा सशक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाए । 

डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।

Link copied successfully