कालिजको बच्चा समात्न आउनू भन्दै गहना लुटेर फरार 

५२ वर्षीया धनमायाले शनिबार अपराह्न साढे २ बजे ६० वर्षीया विष्णुमायालाई ‘जंगलमा कालिजको बच्चा भेटियो समात्न आउनू’ भन्दै बोलाएर बेहोस बनाइ गहना लुटेर भागेकी भएकी हुन् ।

पुस १३, २०८२

लक्ष्मी गौतम

Kidnapped Kalij's child, robbed of jewelry, fled

पाँचथर — पाँचथरको याङवरक गाउँपालिका-६ की धनमाया सेलिङ छिमेकी विष्णुमाया रसाइलीको गहना लुटेर फरार भएकी छिन् ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ५२ वर्षीया धनमायाले शनिबार अपराह्न साढे २ बजे ६० वर्षीया विष्णुमायालाई ‘जंगलमा कालिजको बच्चा भेटियो समात्न आउनू’ भन्दै बोलाएर बेहोस बनाइ गहना लुटेर भागेकी भएकी हुन् ।

कुटपिट गरेर बेहोस बनाएपछि २ वटा कानको माडवारी,१–१थान बुलाकी र फुली गरी डेढ तोलाभन्दा धेरै सुनका गहना लुटेर फरार सेलिङको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

साँझ ५ बजेतिर होस आएपछि विष्णुमायाले घटनाबारे आफन्तलाई जानकारी गराएकी थिइन् । त्यसपछि घटनास्थल पुगेका प्रहरी र स्थानीयले घाइतेलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल पाँचथरमा लगेका थिए । 

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully