जबरजस्ती करणी मुद्दाका फरार कैदी पक्राउ

भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी केन्द्रीय कारागार कार्यालय काठमाडौंबाट फरार भएका थिए।

पुस १३, २०८२

दीपेन्द्र शाक्य

Escaped prisoner in rape case arrested

संखुवासभा — जबरजस्ती करणी कसुर मुद्दामा कैद भुक्तान गरिरहेका एक फरार कैदीलाई प्रहरीले पुनः पक्राउ गरेको छ।

संखुवासभा चिचिला गाउँपालिका–५ का २९ वर्षीय अमित भनिने टीकाराम विश्वकर्मा २०७५ पुस २७ गतेदेखि केन्द्रीय कारागार कार्यालय काठमाडौंमा कैद भुक्तान गरिरहेका थिए।

भदौ २४ गते भएको जेनजी आन्दोलनको क्रममा उनी कारागारबाट फरार भएका थिए।

फरार रहेका विश्वकर्माको खोजीका लागि जिल्ला प्रहरी संखुवासभाबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा मोरङको बेलबारी नगरपालिका–४ स्थित आफन्तको घरमा लुकिछिपी बसिरहेको अवस्थामा शनिबार दिउँसो करिब १ बजे पक्राउ गरेकाे हाे । 

पक्राउ परेका विश्वकर्मालाई फैसला कार्यान्वयनका लागि आइतबार कारागार कार्यालय संखुवासभामा बुझाइएको जिल्ला प्रहरी संखुवासभाका निरीक्षक धनबहादुर राजवंशीले बताए ।

दीपेन्द्र

Link copied successfully