रुखबाट लडेर वृद्धको ज्यान गयो

फिदिम नगरपालिका-४ का ८० वर्षीय चुडामणि थापाको रुखबाट लडेर ज्यान गएको छ ।

पुस १३, २०८२

लक्ष्मी गौतम

Elderly man dies after falling from tree

पाँचथर — फिदिम नगरपालिका-४ का ८० वर्षीय चुडामणि थापाको रुखबाट लडेर ज्यान गएको छ । थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । 

शनिबार मध्याह्न फिदिम-४ हेंवा खोला गड्तीर नजिक घाँस काट्न गएका थापा साँझसम्म घर नफर्केपछि खोजतलास गर्दा टाँकीको रुखबाट लडेको अवस्थामा भेटिएका थिए ।

थापा मृत अवस्थामा भेटिएसँगै आफन्तले खबर गरेपछि घटनास्थल पुगेको प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

थापाको पोस्टमार्टमपश्चात् आइतबार अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनायो ।

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully