साढे ७ सय किलाे गाँजासहित दुई जना नियन्त्रणमा

रामपुरबाट गाईघाट तर्फ आउँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेर गाडीलाई जाँच गर्ने क्रममा ७६३ दशमलव ७६ किलोग्राम गाँजा बरामद भएको हो ।

पुस १२, २०८२

भोटराज राई

Two arrested with 750 kg of marijuana

उदयपुर — उदयपुरको चौदण्डीगढी नगरपालिका–३ पौतालिस चाैकबाट साढे ७ सय किलाे भन्दा बढी गाँजासहित दुई युवालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

पक्राउ पर्नेमा बेलका नगरपालिका ६ बस्ने अन्दाजी २३ वर्षीय रबिन कुमार राई र बेलका नगरपालिका–९ बस्ने अन्दाजी २८ वर्षीय रामबहादुर राई रहेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी उदयपुरका सूचना अधिकारी डीएसपी केदारमान दाेङका अनुसार शुक्रबार राति साढे १ बजेतिर विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेल्टार र लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको संयुक्त टोलीले रामपुरबाट गाईघाट तर्फ आउँदै गरेको को १ ज ३४५६ नम्बरको बोलेर गाडीलाई जाँच गर्ने क्रममा ७६३ दशमलव ७६ किलोग्राम गाँजा बरामद भएको हो ।

गाँजा बरामद भएसँगै बोलेरोसहित चालक रबिन र सोही गाडीमा सवार रामबहादुरलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भोटराज राई भोटराज राई उदयपुरस्थित कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।

Link copied successfully